एसबिआई बैंक र भन्सार विभागबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी परिसरमा बैंक एक्सटेन्सन काउन्टर स्थापना गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, १० शाखारहित बैंकिङ तथा एक कर्पोरेट अफिसका साथै एक सय ३० एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?