काठमाडौं । ज्याज फेस्टिभलको १८औं संस्करण अक्टोबर १३ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । सूर्य नेपालसँगको सहकार्यमा नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सिमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले फेस्टिभल आयोजना हुने भएको हो । कोरोनाका कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु-२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहनेछ ।
छ दिनसम्म चल्ने ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थित मालपी इन्स्टिच्युटमा कन्सर्ट÷संगीत प्रतियोगिताबाट सुरु हुनेछ । ज्याजमाण्डुको बहुप्रतिक्षित ज्याज बजार अक्टोबर १५ को दिउँसो आयोजना हुनेछ, जहाँ उपस्थितले गोकर्ण फरेस्ट रिसोर्टमा अविश्वसनीय संगीतको आनन्द लिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एण्ड यतिमा पूर्ण महोत्सवको तयारीसाथ समापन हुने पनि कम्पनीले जनाएको छ ।
सन् २००२ मा पहिलोपटक आयोजना गरिएको ज्याजमाण्डु हालसम्म आउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाइ लिन सफल भएको छ । ज्याज संगीत प्रवद्र्धनका रूपमा सुरु गरिएको सूर्य नेपाल ज्याज फेस्टिभल हालसम्म आइपुग्दा बहुप्रतिक्षित सांगीतिक कार्यक्रमका रूपमा स्थापित भइसकेको बताइएको छ । सूर्य नेपाल प्रालिले ज्याज संगीत प्रवद्र्धनका लागि ज्याजमाण्डु आयोजकसँग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका