नेपाल-इटाली व्यापार र पर्यटन प्रवद्र्घन गरिने

Read Time = 3 mins

काठमाडौं । नेपाल-इटाली उद्योग वाणिज्य संघ (एनआइसिसिआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो । एनआइसिसिआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गर्नुभएको बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीका लागि कोलकाताका महावाणिज्यदूत जियानलुका रुबागोटी, इटालीका लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआइसिसिआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठका साथै एनआइसिसिआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यको उपस्थिति रहेको थियो ।

इटालियन राजदूत लुकाले भन्नुभयो, ‘इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले इटालियन उत्पादन नेपालमा प्रचार प्रवद्र्घन गर्न विभिन्न परियोजना आयोजना गर्ने र नेपाली उत्पादन पनि इटालीमा प्रचार प्रवद्र्घन गर्ने योजना बनाएका छौं ।’ उहाँले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो पनि देखाउनुभएको छ ।

एनआइसिसिआईका उपाध्यक्ष अग्रवालले भन्नुभयो, ‘एनआइसिसिआईले २०३० मा रोममा हुन गइरहेको ‘ग्राण्ड इन्टरनेसनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासका लागि डिजिटल कनेक्टिभिटीजस्ता कुराबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रमा समेट्ने लक्ष्य लिइएको छ ।

एनआइसिसिआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृति प्रवद्र्घन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।’ संघका अनुसार सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि इटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ, जसमा नेपालका लागि इटालीले आर्थिक सहयोग जुटाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?