शान्तिका लागि योगदान दिन सफल रमेशका गीत

Read Time = 8 mins

काठमाडौं । गीतसंगीत र साहित्य समाजको ऐना हो । समाज जुन अवस्थाबाट गुज्रन्छ गीतसंगीत वा साहित्य पनि त्यही अनुरूप विकसित भई आमसमुदायको व्यवहारबाट मुखरित हुन्छ । यसैले गीतलाई केवल श्रव्य सामग्रीको रूपमा मात्र लिनु ठीक होइन । गीतलाई मानिसको जीवनयापनको कलात्मक गतिविधिका रूपमा लिनुपर्छ । गीतका विज्ञको भनाइ पनि यही नै हो । तर, धेरैजसो सर्जकहरू तत्काल मनोरञ्जनका लागि गीत सिर्जना गर्दछन् ।

गीतकार रमेश दहाल विगत लामो समयदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ । उपलब्धिका हिसाबले समेत उल्लेख्य काम गर्न सफल रमेश नेपाली मूलधारका गीत लेखनमा लोकप्रिय नाम हो । रमेश गीतमार्फत समाजलाई गहिरो प्रभाव पार्न सकिन्छ भनेर पूर्ण विश्वस्त हुनुहुन्छ । रमेश गीतलाई समाजको ऐनाको रूपमा लिनुहुन्छ । त्यसैले रमेशले लेखेका गीत सामाजिक जीवनमा प्रभाव पार्न सफल छन् ।
सबै सर्जकले लेखेका गीतले समाजको ऐनाको रूपमा काम गर्छन् भन्ने छैन । कतिपय गीत विभिन्न कारणले चर्चामा आउन सक्दैनन् पनि । रेकर्ड भएका सबै गीत लोकप्रिय हुनु चुनौती पनि छ । किनभने गीत लोकप्रिय हुन धेरैवटा कुरा मिल्नुपर्छ । तर, सामाजिक उत्तरदायित्व बोध गरेर लेखिएका गीतले ढिलो तर दूरगामी प्रभाव पार्दछन् । रमेशका गीतले समाजमा गहिरो प्रभाव पारे, केही गीतले धेरैको ध्यान खिचे भने धेरै गीतले सामाजिक विसंगतीका बारेमा गतिलो प्रहार गरे । गीतका कारणले सामाजिक रूपान्तरणमा पहिले नदेखिएका प्रभाव रमेशका गीतमा देखियो ।

आधुनिक गीत लेखिरहेका कतिपय गीतकार विगतका विभिन्न आन्दोलन, सशस्त्र युद्धजस्ता सामाजिक उत्तारचढावबाट गुज्रेका छन् । सामाजिक उत्तारचढाबलाई समाधानका लागि रमेश नै गीत लेखेर नाम कमाउन सफल भएका गीतकार हुनुहुन्छ । रमेशले गीत लेखनका माध्यमबाट दिनसकेको योगदान विगत तथा भविष्यका लागि उदाहरण बनेको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

‘मैले सशस्त्र युद्धताका लेखेको ‘पूर्वको बादल जल्यो’ बोलको गीतमा मैले जुन अपेक्षा गरेको थिए, त्यसअनुसार गीतले लक्षित स्रोतामा प्रभाव पारेको छ’ रमेश भन्नुहुन्छ । वास्तवमा युद्धका विषयमा गीत लेख्नु चुनौतीपूर्ण काम हो । युद्धरत पक्षलाई शान्तिका लागि पहल गर्न, आग्रह गर्नु, अझ उनीहरूले गरेका गतिविधिबाट जनता आजित भएका छन् । लौ न सबैलाई बाँच्न देऊ भनेर गीत सर्जिना गर्नु सर्जकका लागि चुनौती पनि थियो । तर, रमेशजस्ता सर्जकलाई यस्तो अवसर फर्केर घरिघरि आउने कुरा थिएन । समाजले शान्ति चाहेको बेला शान्तिगामी गीत लेख्नु, समाजले परिवर्तन चाहँदा परिवर्तनका लागि गीत लेख्नु, समाजले चर्को बजारभाउ खेप्नुपर्दा महँगीको विरुद्धमा गीत कोर्नु रमेशका परिवर्तनगामी योगदान हुन् । समाजमा व्याप्त भ्रष्टाचार हुँदा त्यसको विरुद्धमा आवाज उठाउनु रमेश आफ्नो धर्म सम्झनुहुन्छ । यसरी कर्तव्य बोध गरेर लेखिएका रमेशका मौलिक गीत रचनाले समाजमा सकारात्मक प्रभाव छोड्न सफल भएका छन् ।

जनता युद्ध होइन शान्ति चाहन्छन् भन्ने सन्देश रमेशका गीतमा थियो । गीतले शान्तिको आवश्यक छ र आमजनता युद्धको विपक्षमा रहेको सन्देश सम्प्रेषण गर्‍यो ।

रमेशले ‘पूर्वको बादल जल्यो×’ बोलको गीतमार्फत युद्धका नराम्रा पक्षहरू राम्ररी प्रस्तुत गर्नुभएको थियो । वार्ताभन्दा अर्को कुनै माध्यमले द्वन्द्वको समाधान निस्कँदैन भन्ने आग्रह यस गीतमा गरिएको थियो । युद्धको मुखमा रमेशको यो प्रशंसनीय काम थियो जसलाई श्रोताले एक शाहसिक काम भनेर प्रशंसासमेत गर्नुभयो । संसारमा अर्को वस्तु छैन जसले मानव जीवनलाई विस्थापन गरोस् । रमेशले मानव जीवन एकपटक आउने सुन्दर अवसर भएकाले घृणा त्यागेर बाँच्न गीतमा आग्रह गर्नुभएको थियो । रमेशको मौलिक चरना, मौलिक विषयवस्तु र मैलिक प्रस्तुति रहेको यो गीतलाई रेडियो नेपालले २०६६ सालमा पुरस्कृतसमेत ग¥यो । गीतले समाजमा सहकार्य, सहअस्थित्व, भाइचारा र शान्ति स्थापना गर्न योगदान दियो । गीतले समाजका हरेक तह र तप्काका स्रोताका प्रभाव छोड्यो ।

रमेशका गीतले समाजमा पारेको प्रभाव प्रष्ट देखिन्छ । रमेशको गीत बजारमा आएपछि धेरैले रमेशलाई सचेत हुन सल्लाह दिए । युद्धका पात्रलाई जीवनको साटो कुनै वस्तु प्रिय नभएकाले जनता युद्ध होइन शान्ति चाहन्छन् भन्ने सन्देश गीतमा थियो । रमेशको गीतले युद्धका कारण समाजमा हराउँदै गएको विश्वास पुनःवहाली गर्न योगदान दियो । गीतले युद्ध होइन शान्तिको आवश्यक छ र आमजनता युद्धको विपक्षमा रहेको सन्देश सम्प्रेषण ग¥यो । रमेशका गीतले हामी नेपालीहरूमाझ भाइचाराको आवश्यता बोध गराउन मद्धत ग¥यो । गीतले जनता र नेतामा मानिसको सुरक्षा पहिलो उपलब्धि हो भन्ने धारणको विकास गरायो ।

पछिल्लो समय रमेशले ‘सुन्दर पूmल’ बोलको गीत लेख्नुभएको छ । अठार वर्षअघि नै मानव जीवनमा बाँच्न पाउनुभन्दा अर्को उपहार केही छैन भनेर लेखिएको गीत गतवर्ष बजारमा आयो । मानिसलाई उसको भोलिको घाम देख्न पाउने अधिकार नखोस्न आग्रह गरेको गीत मंगोलियन हर्टका राजु लामाले आफ्नो संगीत र स्वरमा रेकर्ड गराउनुभयो । रमेशका गीतहरूको गहिरो अध्ययन गर्दा उहाँ सामाजिक विसंगतिलाई उजागर गर्न केन्द्रित देखिनुहुन्छ । उहाँका गीतका विषयवस्तुमा समाजका समग्र पक्ष केन्द्रित छन् । रमेश आफ्ना गीतले मनोरञ्जन त दिनुहुन्छ नै त्योभन्दा सामाजिक दायित्वमा गीत लेख्नुहुन्छ । यस्ता सामाजिक दायित्व बोध गरिएका गीतले सामाजमा सकारात्मक प्रभाव छोड्न योगदानसमेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?