काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका गृहमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । बुधबार गैरआवासीय नेपाली संघको समापन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नबोल्ने संस्थाको बारेमा बोलेर अलोकतान्त्रिक व्यवहार देखाएको टिप्पणी गर्नुभयो । ‘यही कार्यक्रममा गृहमन्त्री (बालकृष्ण खाँण)ले राष्ट्रपतिको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति छ । बोल्दै नबोल्ने संस्थाको बारेमा यति लज्जाजनक कुरा बोल्नु हुँदैनथ्यो । यो शोभनीय कुरा पनि होइन,’ उहाँले भन्नुभयो,’ अलिकति डेमोक्रेटिक कल्चर हुन्थ्यो भने प्रधानमन्त्रीले राजीनामा मागिसक्नु हुन्थ्यो ।’
उहाँले नागरिकता विधेयक सम्बन्धमा आफूहरूसँग बहस गर्न आ≈वान गर्नुभयो । ‘कोही डिबेट गर्न चाहन्छन् भने हामी छौँ । आउनुस्, फोरम तयार गरेर डिबेट गरौँ । बोल्दै नबोल्ने संस्थाको बारेमा अशोभनीय कुरा नगरौँ,’ उहाँले भन्नुभयो । उहाँले प्रवासमा बसेर नेपाल फर्किंदै देशप्रतिको छुट्टै माया महसुस हुने गरेको बताउनुभयो । ओलीले विसं २०३० सालमा आफूलाई गोली हान्ने आदेशपछि भारत गएको र नेपाल फर्किंदा भूमि टेकेर फर्किएको स्मरण गर्नुभयो । ‘प्रवासमा बसेर नेपाल फर्किंदा कति माया महसुस हुन्छ भन्ने कुरा मैले २०३० सालमै महसुस गरेको छ । गोली हान्ने आदेशपछि डेढ महिना भारत बसेर म जोगबनी नाकाबाट नेपाल प्रवेश गरेँ र नेपाली भूमि टेकेँ । खै किन हो देशको भूमिप्रति छुट्टै माया महसुस भयो,’ उहाँले भन्नुभयो ।
पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले गैरआवासीय नेपालीहरूका माग सम्बोधन हुने बताउनुभयो । उहाँले तीनवटा मागलाई सही ढंगले समाधान गर्ने र बाँकी दुईवटालाई तत्काल सम्बोधन गर्ने बताउनुभयो । ओलीले गैरआवासीय प्रमाणपत्र र नेपालमा लगानी गर्ने वातावरण मिलाउन आफू अग्रसर भएर लाग्ने वाचा गर्नुभएको थियो । उहाँले मताधिकारका सवालमा पनि छलफल हुनुपर्ने बताउनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका