ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका- ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठसहित प्रहरी टोलीले ताप्ली गाउँपालिका- ३ अन्तर्गत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो। अहिले इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुबाट टोली खटाएका र आवश्यक परे जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको डिएसपी कार्कीले बताउनुभयो ।

प्रहरीले त्यस क्षेत्रमा बिगत ११ वर्ष देखि नियमित रुपमा गाँजा फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?