यस्तो छ आजको विदेशी विनिमयदर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बिहीबार) अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७४ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ५३ पैसा, बिक्रीमा ९१ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

दक्षिण कोरिया वनको १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४२५ रुपैयाँ २९ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४८ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४९ रुपैयाँ ८१ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?