सन्दीपलाई म्याद थपका लागि अदालत लगिँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ ।

नाबालिका बलात्कार गरेको अभियोगमा असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।

उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?