विद्युत सर्ट भएर घरमा आगलागी

हिमालय टाइम्स
Read Time = 1 min

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीमा विद्युत लाईन सर्ट भएर घर जलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ४ छल्दिपनाका ७० वर्षीय लालबहादुर दर्लामीको घर पूर्ण रुपमा जलेको हो ।

बुधबार साँझ ७ः१५ बजेको समयमा ढुङ्गामाटोले बनेको तीन तले कच्चि घरमा बिद्युत लाईन सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जनकारी दिनुभयो । उहाँका अनुसार उक्त आगलागीको घटनामा मानवीय र चौपायको क्षति भएको छैन् ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद र घरसहित ५० देखि ५५ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा २१ जनाको टोली र स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?