जसपाका मन्त्री पदमुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरूलाई पदमुक्त गर्नुभएको हो ।

प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ख बमोजिम प्रधानमन्त्री सिफारिसमा उहाँहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिन्भयो । चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने हुनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?