फेन्सिङमा बागमतीलाई दुई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा तेस्रो दिन दुई स्वर्ण हात पारेको छ । योसहित बागमतीको चार स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले सेनालाई ४५-३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

महिलाको सेवर टिम इभेन्ट्समा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई चार पुर्‍याउँदै पदक तालिकामा आफूलाई अग्रस्थानमा पुर्‍याउन सफल भएको हो । बागमतीले सेनालाई ४५-३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारेको हो । सेनाले एपिएफलाई ४५-४० ले पराजित गरेको हो । तेस्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रहे । विजयी खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?