आणविक हतियार जडान गर्न मिल्ने क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

Read Time = 2 mins

प्योङयाङ । उत्तर कोरियाले लामो दूरीका दुईवटा स्ट्राटेजिक क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरिएको दाबी गरेको छ । यी दुवै क्षेप्यास्त्रमा आणविक वारहेडसमेत जडान गर्न मिल्ने बताइएको छ ।

बुधबार ती क्षेप्यास्त्रहरूको परीक्षण गरिएको र त्यसक्रममा उत्तरका सर्वोच्च नेता किम जोङ उन पनि सहभागी रहेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ । क्रुज क्षेप्यास्त्रहरू समुद्रमाथि दुई हजार किलोमिटर उडेर लक्षित तारोमा प्रहार गर्न सफल भएको बताइएको छ । क्षेप्यास्त्रले के कुरालाई तारो बनायो भनी खुलेको छैन ।

क्रुज क्षेप्यास्त्रको सफल परीक्षणपछि किमले सबै शत्रु देशहरूलाई यो चेतावनी भएको बताउनुभएको छ । आफूहरू आणविक हतियार परीक्षणमा अघि बढिरहेको अनि युद्धको स्थितिमा सेनालाई यसले बलियो बनाउने उहाँको भनाइ छ । यसअघि सोमबार उत्तर कोरियाले इन्टरमिडियट रेन्ज ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?