नेसनल र समिट लघुवित्त गाभिने

Read Time = 2 mins

काठमाडौं । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । समिटका एक सय कित्ता सेयर बराबर नेसनल माइक्रोफाइनान्सको ८२ कित्ता कायम हुने गरी मर्जर सम्झौता भएको हो ।

संस्थालाई थप सबल, सक्षम र दिगोरूपमा अघि बढाउन दुवै संस्थालाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षले बुधबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मर्जरपछि संस्थाको सञ्चालक समिति अध्यक्षमा नेसनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा रामबहादुर यादव रहनुहुनेछ । मर्जरपछि संस्थाको नाम नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ ।

त्यसैगरी संस्थाको चुक्तापुँजी एक अर्ब रुपैयाँभन्दा बढी कायम हुने, ग्राहक सदस्य संख्या दुई लाखभन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्ब रुपैयाँभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशका सातै प्रदेशका ७४ जिल्लामा विस्तार भई कुल शाखा संख्या दुई सय चार पुग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?