काठमाडौं । सिभिल बैंकले पशुपति क्षेत्रमा रोपिएका बिरुवा संरक्षणका लागि दुई सय ट्री-गार्ड उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. मिलनकुमार थापालाई ट्री-गार्ड हस्तान्तरण गर्नुभएको हो । बैंकले पाशुपत क्षेत्रमा हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाका लागि कोषलाई प्रदान गरिएको ट्री-गार्डहरूको मूल्य करिब आठ लाख रुपैयाँ रहेको जनाएको छ ।
सिभिल बैंकले यसअघि पनि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा तीन सय ट्री-गार्डसहितका बिरुवाहरू लगाई बिरुवा हुर्काउन पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्चसमेत बेहोर्दै आएको छ । सो अवसरमा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको उपस्थिति रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका