माछापुच्छ्रेको भिसा डाइरेक्ट सेवा

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यसाथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । सेवामार्फत् विदेशबाट माछापुच्छ्रेका भिसा कार्ड प्रयोगकर्ता ग्राहकले बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ ।

उक्त सेवामार्फत् भिसा डाइरेक्टमा सहभागी एक सय ८० भन्दा बढी देशबाट नेट-बैंकिङ, मोबाइल वा एटिएममार्फत् १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?