काठमाडौं । नेपालमा इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गर्दै आएको जम्बो इको भेहिकलले चाडपर्वलाई लक्षित गरी जम्बो अफर ल्याएको छ । अफरअन्तर्गत साइकल तथा स्कुटरमा ग्राहकले सिधै नगद सात हजारदेखि ३५ हजार रुपैयाँसम्म छुटका साथै १० लाख बराबरको दुर्घटना बीमा पाउनेछन् ।
इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलोपटक यति ठूलो सुविधा दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले बताउनुभएको छ । लोकन्थलीमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल ७५ हजारदेखि तीन लाख २० हजारसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा सवारीसाधन बिक्री गर्दै आएको छ । फरक-फरक मोडलमा फरक-फरक छुट भए पनि प्रत्येक साधनको खरिदमा १० लाख बराबरको दुर्घटना बीमा सुविधा रहेको कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच