यस्तो छ तपाईंको आश्विन २८ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन २८ गते शुक्रबार, ई.सं.- १४ अक्टोबर, २०२२ । तिथि- कार्तिक कृष्णपक्ष पञ्चमी, नक्षत्र- रोहिणी, योग- व्यतीपात, करण- कौलव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः०४, सूर्यास्तः १७ः३४ ।

मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

वृष : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।

मिथुन : अरूको काम गर्दा पनि आफैँलाई नै फाइदा पुग्नेछ ।

कर्कट : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

सिंह : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कन्या : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?