लुम्बिनीका निशुल्क विजुली बस : १५ दिनमा ९ हजारले गरे भ्रमण

Read Time = 3 mins

-चन्द्रकान्त खनाल

बुटवल । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ । लुम्बिनी विकास कोषको विहीबार बसेको सचिवालय बैठकले निशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो ।

दशैँको अवधीमा निशुल्क विजुली बसप्रति आर्कषण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले वताउनु भयो ।

दशैँको अवसर पारेर असोज १३ गतेबाट निशुल्क रुपमा बौद्ध परिपथ क्षेत्रमा निशुल्क बिजुली बस सञ्चालन गरिएको थियो । बुधबार(मंगलबार) सम्म ९ हजार ७ सय १२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागि भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परिक्षण इकाई संयोजक बिश्वराज पौडेलले वताउनु भयो ।

लुम्बिनीबाट रामग्राम सम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रा मा १३९० जना, लुम्बिनी बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११२२ जना, लुम्बिनी देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा १३४० जना, लुम्बिनी बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा ३४७९ जना, लुम्बिनी तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा १३४८ जना, लुम्बिनी रामापुर कलोनी रुटबाट ५ दिनमा २४ ट्रिप यात्रामा १०३३ जनाले लुम्बिनी भ्रमण गरेका छन ।

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीबलबाट चालक र सहयोगी सहितको सहयोग कायम रहेको छ ।पन्ध्र दिनको अवधिमा बिद्युतिय बस सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउने पर्यटन व्यवसायी, नेपाली सेना प्रहरी तथा सरोकारवालाहरुप्रति कोषका कोषाध्यक्ष भट्टराईले आभार व्यक्त गर्नु भएको छ ।

लुम्बिनी विकास कोषले पाँच वटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रुपमा सञ्चालन गर्दै आएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?