ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

Read Time = 1 min

बर्दिया । टयाक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

बर्दियाको गेरुवा गाँउपालिका ४ खल्लागाँउका नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सूनारले बताउनु भयो ।

उहाँका अनुसार कर्णाली नदिमा आएका दाउरा टयाक्टरमा लोड गरी फर्कदै गरेको भे २ त २०९ नम्वरको टयाक्टरको पछाडीको भागले भे १० प ४४५८ नम्वरको स्कुटिलाई ठक्कर दिँदा नविन ठकुरी घाइते भएका थिए ।

गम्भिर घाइते भएका ठकुरीको उपचारको लागी जिल्ला अस्पताल गुलरिया लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको । प्रहरीले टयाक्ट चालक सुरेश चौधरीलाई नियन्त्रणमा लिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?