महिला क्रिकेट : पुलिस र लुम्बिनी अन्तिम चारमा

Read Time = 4 mins

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बीबाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह बीको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेपनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् । शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले ७ विकेटको जित निकाले पनि नेटरनरेटको कारण लुम्बिनी भन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो ।

पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन् । लुम्बिनीको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी बिष्टले सर्वाधिक ४ विकेट हात पार्दा रुबिना क्षेत्री र हिरनमय रोयले समान २/२ विकेट आफ्नो नाममा लेखाए । एक विकेट सवनम राईको नाममा रह्यो । यसअघि पहिला ब्याटिङ गरेको पुलिसले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको पारी खेल्दा सम्झना खड्काले २९ तथा अप्सरी बेगमले १० रनको व्यक्तिगत स्कोर गरिन् । अन्य ब्याट्रले भने दोहोरा अंकको स्कोर गर्न सकेनन् ।
पुलिसका सात विकेट लिने क्रममा लुम्बिनीका सुस्मिता भुषाल र मनिषा रानाले समान २/२ विकेट हात पार्दा मधु डिसी र कमला जिएमले १/१ विकेट आफ्नो नाममा लेखाए ।

शुक्रवारकै अर्को खेलमा ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश १ को जितमा निशा शाहले २१ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन् । लखिता राजवंशीले ९ बलमा १ चौकासहित १४ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ५ बलमा १ चौकासहित ८ र सानु राजवंशी २ रनमा आउट भइन् । कर्णालीको यमुना थारु र अञ्जु गुरुङले एक/एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली १६.१ ओभरमा ५३ रनमा अल आउट भएको थियो । कर्णालीकी ओपनर यमुना थारुले २१ रन बनाइन् । कप्तान विना थापा १६ बलमा २ चौकासहित ११ रनमा आउट भइन् । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश १ की लखिता राजवंशीले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिइन् । एलिसा खडियाले ३ विकेट लिइन । निशा शाह र भवानी कमातीले एक एक विकेट लिए । समूह बी को विजेताको रुपमा पुलिस र लुम्बिनी उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?