नागरिकताबिहीन नेपालीमाथि खेलवाड नगरौं : गृहमन्त्री खाँण

Read Time = 6 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली बाबुुआमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिन बिधेयक ल्याइएको प्रष्ट पार्नुुभएको छ ।

उहाँले बाहिर हल्ला भएजस्तो बिदेशी र अंगिकृतलाई नागरिकता दिनका लागि बिधेयक नल्याएको उल्लेख गर्दै यसलाई गलत प्रचारप्रसार गरी अनावश्यक राजनीतिकरण गर्न खोजिएको जिकिर गर्नुुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार समेत रहनुुभएका मन्त्री खाँणले शुक्रबार भैरहवामा वडास्तरका प्रचारप्रसार कार्यालयहरु उद्घाटन गर्दै बिधेयले मुलुकलाई फिजी, सिक्किमीकरण गर्छ भन्ने जस्ता अफवाह फैलाउनुु राष्ट्रियता कमजोर पार्नुु बाहेक अरु उद्देश्य नरहेको समेत बताउनुुभयो ।

‘नेपालको संविधानको धारा ११ को उपधार ३ मा संविधान जारी हुँदाका बखत नागरिकता पाएका बाबुुआमाका छोराछोरीले बंशजको नागरिकता पाउने उल्लेख छ । तर, विधेयकमा त्यो ब्यबस्था नभएकाले सबै दलको सहमतीमै बिधेयक ल्याइएको हो’,उहाँले भन्नुुभयो, ‘संविधानमै ब्यवस्था गरेको कुरा लागुु गर्दा कसरी राष्ट्रघात हुन्छ ? त्यसैले नागरिकताबिहीन नेपालीमाथि कसैले खेलवाड नगरौं ।’

संविधान जारी हुँदा बखत नागरिकता पाएकाका आमाबुवाका ५ लाख भन्दा बढी छोराछोरी अहिले नागरिकताबिहीन रहेको जानकारी गराउँदै उहाँले ती नागरिकहरुले नागरिकता नपाउँदाको पीडा माथि खेलवाड गर्दै राज्य संवेदनहीन हुुन नमिल्ले बताउनुुभयो ।

‘संवैधानिक अधिकार अनुसार वर्तमान सरकार र गठबन्धन नेपालमै जन्मिएका, नेपालमै हुुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा छैन’, उहाँले भन्नुुभयो, ‘नेपालमा बस्ने, नेपालमै जन्मिएका नागरिकले नागरिकता पाउनै पर्छ । बिदेशीलाई दिने होइन ।’

नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउने जो कसैको प्रयास सफल हुन नसक्ने र गतल प्रचारकाबिरुद्ध सबै सचेत हुन पनि उहाँको आग्रह थियो । उहाँले मानव अधिकारको बिश्वब्यापी मान्यता अनुसार पनि आफ्ना नागरिकलाई नागरिकता दिनुु सरकारको दायित्व भएको बताउनुुभयो ।
नागरिकता बिहीन लाखौं युवाहरु संगठित हुन थालेको र त्यसलाई दवाउन खोजे फेरी बिद्रोह हुनसक्नेतर्फ पनि सचेत रहन आग्रह गर्दै उहाँले बिदेशीलाई नागरिकता दिन बिधेयक नल्याएकाले स्पष्ट पार्नुुभयो ।

नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउन खोज्नेहरुलाई जनताले चिनीसकेकाले आगामी निर्वाचनमा त्यस्ता शक्ति दण्डित हुने पनि उहाँको बिश्वास रहेको छ । अघिल्लो सरकारले नागरिकलाई मौलिक र आधारभूत अधिकारबाट बञ्चित गराउँदै लोकतान्त्रिक गणतन्त्र माथि प्रहार गर्न थाले पछि त्यसका रक्षाका लागि बर्तमान गठबन्धन निमार्ण भएको समेत उहाँले बताउनुुभयो ।

स्वर्गीय गिरीजाप्रसाद कोइराला र माओबादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे सम्झौता गरी अगाडि बढाएको शान्ति प्रक्रियालाई स्थायित्व दिँदै मुलुुकलाई शान्ति र बिकासको दिशामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई शान्ति पूर्ण रुपमा सफल पार्दै गठबन्धनलाई पनि स्थापित गर्ने दायित्व रहेकाले गठबन्धनमा आवद्ध सवै दलका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर आफ्ना उम्मेदवार बिजयी बनाउन लाग्नुु पर्नेमा जोड दिनुुभयो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका खाँणले वर्तमान गठबन्धन संविधान, लोकतन्त्रको रक्षाको लागि भएको र निर्वाचन पछि पनि कायम रहीरहने जनाउनुभयो । उहाँ गठबन्धन एक ढिक्का भए निर्वाचनमा सहज जित निकाल्ने बताउँदै त्यसका लागि एकढिक्का हुन सबैलाई आग्रह गर्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर ३ (क)का उम्मेदवार सन्तोषकुमार पायडेयले मुलुकका लागि अहिलेको गठबन्धन आवश्यक भएको बताउनुभयो । उहाँले आफू सधै जनताको साथमा रहेको जनाउँदै गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?