आइएमईका पाँचौं र छैटौं हप्ताका विजेता

Read Time = 2 mins

काडमाडौं । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा भन्ने नाराका साथ आइएमईले सञ्चालनमा ल्याएको अफरअन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत् सार्वजनिक नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत् पैसा पठाउने सेवाग्राही सान्त्वना धोधरी र जितमान गोम्बो तामाङ पाँचौं हप्ताको विजेता छनोट हुनुभएको छ ।

त्यस्तै, पदमकुमारी विक र किशोर तामाङ छैटौं हप्ताको विजेता छनोट हुनुभएको छ । उहाँहरूले ओमान र मलेसियाबाट आइएमईमार्फत् नेपालमा रहेका आफन्तलाई पैसा पठाउनुभएको थियो । चारैजना साप्ताहिक विजेताले २५ हजार प्राप्त गर्नुहुनेछ ।

त्यसैगरी अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बास्कोटा, सबिन थोप्रा, सञ्जीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रवि बडुवाल पाँचौं हप्ता र मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बू छैटौं हप्ताको विजेता छनोट हुनुभएको छ । उहाँहरूले एक–एक सेट सामसुङ फोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?