दूध तथा दुग्धजन्य पदार्थमा पनि निर्यात अनुदान

फाइल तस्बिर

Read Time = 2 mins

काठमाडौं । सरकारले निर्यातमा अनुदान दिने वस्तुहरूको संख्या बढाएर नौ पु¥याएको छ । सरकारले निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५ संशोधन गर्दै पाँच प्रतिशत अनुदान पाउने तीन वस्तु थप गरेको छ भने चार प्रतिशत अनुदान पाउने छ वस्तु थप गरेको छ । अब पाँच र चार प्रतिशत अनुदान पाउने वस्तुको संख्या १८/१८ पुगेको छ । निर्यातमा पाँच प्रतिशत अनुदान पाउने गरी थप भएका वस्तुमा दुग्धजन्य पदार्थ, फलफूल र अम्रिसो रहेका छन् भने चार प्रतिशत अनुदान पाउनेमा क्लिंकर, सिमेन्ट, स्टिल, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड रहेका छन् ।

निर्यातमा अनुदान पाउने गरी थप भएका वस्तुमा दुग्धजन्य पदार्थ, फलफूल र अम्रिसो, क्लिंकर, सिमेन्ट, स्टिल, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड रहेका छन् ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादनको कुल निर्यात मूल्यमा पाँच प्रतिशत नगद अनुदान उपलब्ध हुनेछ । चार प्रतिशत नगद अनुदान पाउन उत्पादित वस्तुको मूल्य अभिवृद्धि ३० प्रतिशतसम्म हुनुपर्नेछ ।

संशोधित कार्यविधिअनुसार ५० करोडभन्दा बढीको वस्तु तथा सेवाको निर्यात गर्दा अधिकतम आठ प्रतिशत निर्यात नगद अनुदान उपलब्ध हुनेछ । मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म रहेका वस्तुमा पाँच प्रतिशत अनुदान, ७० प्रतिशत रहेकामा छ प्रतिशत अनुदान, राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई निर्यातमा सात प्रतिशतसम्म निर्यात अनुदान प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?