थापाथलीस्थित अनधिकृत संरचनामा महानगरको डोजर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा निर्मित अनधिकृत संरचना हटाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा महानगरले शुक्रबार थापाथली क्षेत्रका अवैध संरचनाहरू भत्काएको हो । महानगरले शुक्रबार थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै)मा निर्माण भएका अनधिकृत संरचना हटाएको छ ।

सो क्षेत्रमा निर्माण भएका किरियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पूजारी भवन लगायतका संरचनाहरू अनधिकृत भएकोले हटाइएको काठमाडौं महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । सार्वजनिक जग्गामा भवन निर्माण गरिएकोले अवैध संरचना भत्काइएको उहाँले बताउनुभयो ।

बागमती किनारमा रहेका अनधिकृत संरचनालाई निरन्तर हटाउने उहाँको भनाइ छ । दशैँअघि विभिन्न अवैध संरचना भत्काएको काठमाडौं महानगरले दशैँपछि शुक्रबार पहिलोपटक अवैध संरचना भत्काउन डोजर चलाएको हो । महानगरले गत साउतदेखि नै अवैध संरचनामा डोजर चलाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?