प्राणी परिचय : अल्पाका

विनोद दाहाल वत्स
Read Time = 4 mins

म अल्पाका (Alpaka) हुँ । यो मेरो विदेशी नाम हो । म विदेशी प्राणी भएका कारणले मेरो नाम पनि विदेशी नै हुनु स्वाभाविक हो । त्यसैले मेरो नेपाली नाम छैन । म शुद्ध शाकाहारी प्राणी हुँ । म घाँसपात र अन्न खान्छु । म घरपालुवा प्राणी हुँ त्यसैले मानिसले खुवाएको खानेकुरा नै मेरो आहारा हो । म वन चर्न पनि मन पराउँछु ।

मेरो शारीरिक बनावट ऊँटको जस्तै हुन्छ । शरीरको बनावट, लामो घाँटी, लामो थुतुनो, सिङ नहुनु ऊँटसँग मिल्दाजुल्दा मेरा विशेषता हुन् । यति भएर पनि म आपूmलाई ऊँट हुँ भन्न सक्दिनँ । म ऊँटका जसरी गर्मीमा बस्न सक्दिन, चिसो ठाउँमा बस्छु । मेरा धेरै गुण ऊँटसँग मिलेर पनि केही गुण भेडासँग मिल्दाजुल्दा हुन्छन् । हुन त म भेडोभन्दा निकै ठूलो र अग्लो हुन्छु तैपनि म भेडाकै स्वभाव आपूmमा पाउँछु । म सोझो, सिधा र अत्यन्त इमानदार प्राणी हुँ । मेरो सुधोपन भेडाकै जस्तो हुन्छ ।

मेरो शरीर दुई फिटसम्म लामा रौंले ढाकिएको हुन्छ । वर्षमा आठ इन्चसम्म बढ्न सक्ने यस्ता रौं लट्टा परेका गुजुल्टा जस्ता देखिन्छन् । मेरो ऊन भेडाको ऊनभन्दा हजार गुना महँगो हुन्छ । वर्षमा दुई पटक काढ्न मिल्ने यही महँगो र स्तरीय ऊनका कारणले मानिसहरू मलाई महँगो मूल्यमा किनबेच गर्छन् । म अष्ट्रेलिया र बेलायतमा बढी सङ्ख्यामा पालिने गर्दछु । यसका साथै युरोपका अन्य मुलुक फ्रान्स, जर्मनी आदि देशमा पनि म पालिने गर्दछु ।

म सुरक्षित वातावरणमा राम्ररी संरक्षित हुने हो भने मानिसका लागि निकै उपयोगी प्राणी सावित हुनसक्छु । मेरो ऊनबाट मानिसले लाखौं आम्दानी गर्न सक्छन् । म ज्यादै सोझो र सरल प्राणी हुँ । मेरो ऊन भेडा तथा अङ्गोरा जातिको खरायोको भन्दा नरम, चम्किलो र राम्रो हुन्छ । मेरो ऊन तिनको भन्दा छिटो उत्पादन पनि हुन्छ । त्यसैले मानिसहरू मप्रति बढी आकृष्ट हुन पुगेका हुन् । म गाढा खैरो, हल्का खैरो तथा सेतो रङको हुन्छु । त्यसैले मलाई एकपटक झट्ट हेर्ने बित्तिकै मानिसहरूले मन पराउने गर्दछन् ।

प्रकृतिले सृष्टि गरेका अनेक थरी प्राणीमध्ये म पनि एक हुँ । शारीरिक बनावटले म ऊँट वर्गकै प्राणी जस्तो छु । ऊन उत्पादनका दृष्टिले भने म भेडाको सजातीय जस्तो लाग्नेगर्छु । चाहे जुन वर्गको भए पनि म मानिसका लागि अत्यन्त उपयोगी प्राणी हुँ । यसमा दुई मत छैन । त्यसैले विदेशबाट महँगो मूल्य तिरेर ल्याएर नेपालको जिरीमा पनि मेरो परीक्षण पालन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?