बाजुरामा भएन नियमित हवाई उडान, नागरिकलाई सास्ती

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर विश्वकर्मा

बाजुरा । बाजुरामा हवाई टिकटका लागि नागरिक समस्यामा परेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको कोल्टी विमानस्थलमा दैनिक हवाई सेवा उडान नहुँदा नागरिक मर्कामा परेका हुन् ।

असोज १९ गतेको अबिरल बर्षाले बाजुराको कोल्टी हुँदै कर्णाली करिडोरको कालीकोट जितेसम्म पहिरोले सडक अबरुद्ध भएपछि यातायातका स्रोत साधन ठप्प बनेका छन् । दशैँ बिदाका लागि घर फर्किएका यहाँका नागरिकलाई कर्मथलो फर्किन भने समस्या देखिएको छ ।

हप्तामा एक दिन मात्रै एक हवाई उडान हुने भएपछि दशैँ बिदा लिएर बाजुरा पुगेका यहाँका नागरिकले सास्ती खेप्नु परेको हो । बाजुरादेखि सुर्खेत जान नेपालगञ्जको टिकट लिनुपर्ने बाद्यता छ तर टिकट लिएर जहाजकोे पर्खाइमा बसेकाहरूले समेत उडान गर्न पाएका छैनन् । स्वार्मिकार्तिक खापर गाउँपालिका–३ का ईश्वरबहादुर सिंहले गुनासो गर्नुभयो ।

‘उहाँले भन्नुभयो, २७ गते टिकट लिए २८ गते आफू जसरी पनि सुर्खेत पुग्नुपर्ने थियो छोरी निरुताको वकीलको परिक्षाका लागि तर २८ गते उडान हुनुको साटो जहाजको टिकट नै क्यान्सिल गरिदिए ।

महत्वपूर्ण कामकाजका लागि टिकट बुकिङ गरेको भएपनि यरलाइन्सवालाले आफुलाई पर्खाएर अरुलाई पठाए । एका तिर छोरीको वकीलको अन्तिम परिक्षा पनि छुट्यो उहाँले गुनासो गर्नुभयो ।

जहाजको टिकट लिएर पनि उडान हुन नपाउनु दुःखत भएको बताउँदै यस बिषयमा गम्भिर बहस गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । हामी सोझा साझा नागरिकलाई यसरी जहाजको टिकट नै क्यान्सिल गरिदिएर काममा बाधा पुर्याउन नहुने नागरिकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?