नेपालबाट मनसुन बाहिरिन थालेपनि एउटा प्रदेशमा अझै बाँकी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ ।

२२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भूभागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।

सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?