सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

Read Time = 1 min

काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद ९साग०की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२।२९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

राजपुराले ३६ मिनेट २९ सकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७।०४ सकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

बिहान नै भएको पहिलो स्पर्धाको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?