अर्घाखाँचीमा टोपबहादुर भर्सेस पुष्पा, कस्ले मार्ला बाजी ?

हिमालय टाइम्स
Read Time = 6 mins

-श्याम घिमिरे
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकोलागी अर्घाखाँचीमा ३ पदका लागि ६ स्वतन्त्रसहित २५ जनाले उम्मेदवारी दिएका छन् । अर्घाखाँचीमा मुख्यगरी एमाले र लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बीचनै प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका केन्द्रिय सचिब टोपबहादुर रायमाझी र लोकतान्त्रीक गठबन्धनको तर्फबाट काँग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका निवर्तमान उपसभामुख पुष्पा भुसाल विजयी हुने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिनुुभएको छ भने, एमालेका केन्द्रिय सचिव तथा पुर्बउपप्रधानमन्त्री समेत रहनुभएका टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भई अब्बल उम्मेदवारको रुपमा आफ्नो परिचय बनाउनखोजी रहनुभएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नं १ र २ बाट बिजयी भई सांसद बन्नु भएका रायमाझी र भुसाल बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि प्रतिस्पर्धा हुँदैछ । पहिलो र दोस्रो संविधानसभाको निर्वाचन तथा २०७४ को निर्वाचन गरी लगातार नेकपा माओवादीबाट तीन पटकसम्म सांसद बनेर पटकपटक मन्त्रीसहित उपप्रधानमन्त्री समेत बन्नुभएका रायमाझी अहिले नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको हो । दोस्रो संविधानसभा चुनावमा निर्वाचन क्षेत्र नं २, बाट एमालेका डा. दुमन थापासँग पराजित हुनुभएका भुसाल २०७४ को निर्वाचनमा समानुपातिक सांसद भई काँग्रेस संसदीय दलको सचेतक हुँदै उपसभामुख समेत बन्नुभएको थियो ।

प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ रायमाझी र भुसाल बाहेक नेपाल मजदुर किसान पार्टीका सतेज दुवाल, राप्रपा नेपालबाट खलिल मियाँ, जनसमाजबादी पार्टी नेपालबाट पीताम्बर अर्याल,जनता समाजवादी पार्टी नेपालबाट नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी प्रसाद भुसाल, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, मंगोल नेशनल अर्गानाइजेसनबाट पुर्ण बहादुर थापा,राप्रपाबाट होम नारायण बेल्वासे र राष्ट्रिय जनमुक्ति पार्टीबाट मघु बहादुर सारुले उम्मेदवारी दिनुभएको छ ।

प्रदेश सभा (क) मा नेकपा एमालेबाट चेत नारायण आचार्य, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा एकिकृत समाजबादीबाट राम बहादुर चौहान,राप्रपाबाट झबिन्द्र फुल्लेल,स्वतन्त्रबाट बिकरम खनाल, राजन नेपाली र बसन्त केसीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै प्रदेश सभा (ख) का लागि र नेकपा एमालेबाट रामजी प्रसाद घिमिरे, नेपाली काग्रेसबाट कमल प्रसाद भुसाल, राप्रपाबाट चेतबहादुर पौड्याल, जनता समाजवादी पार्टी, नेपालबाट टुक बहादुर चेवाली र स्वतन्त्रबाट बाबुराम रोका मगर, खेतुलाल उपाध्यय र चिरन्जिबी अर्यालले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।

केन्द्रमा सत्तासाझेदार दल नेकपा एकिकृत समाजबादी पार्टी पाँच दलिय गठबन्धनमा रहेको भएतापनि अर्घाखाँचीको प्रदेश सभा (क) मा भने उक्त दल एकल रुपमा निर्वाचनमा होमिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचको नतिजा हेर्दा जिल्लाका ६ स्थानीय तहमा प्रमुख र उप–प्रमुखगरी १२ पदमध्ये ८ पदमा एमालेले बिजयी हासील गरेको छ भने काँग्रेसले २ प्रमुख , राजमोले १ प्रमुख र नेकपा माओबादी केन्द्रले १ उपप्रमुखमा विजयी हासील गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?