‘देश विकासका लागि गठबन्धन आवश्यक’

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको हो भन्नुभयो । केन्द्रीय सदस्य आचार्यले रसुवा जिल्लाको विकासका लागि आफू सदैव क्रियाशील रहने बताउनुभयो ।

उहाँले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?