नवौ राष्ट्रिय खेलकुद : राष्ट्रिय महिला भलिबलमा आर्मीको बिजयी सुरुवात

Read Time = 1 min

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज सम्पन्न महिला भलिबल खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ ।

कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो । यस खेलमा लगातार तीन सेट आफ्नो पक्षमा पार्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु बिजयी भएका छन् । प्रतियोगितामा आर्मीका संगम महत्तो उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

त्यैगरी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् ।

यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । बेनीको खुल्ला मञ्चमा भएको तीन खेलहरुमा प्रदेश टिमको तुलनामा विभागीय टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् .।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?