रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले शान्ति प्रक्रियाका मुख्य दुई साझेदार कांग्रेस माओवादीको सहकार्य बिना शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने बताउनुभयो ।
गठबन्धन हुन्छ की हुँदैन भन्ने अन्योलका बीच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको उहाँको भनाइ थियो । उहाँका अनुसार देशभर करिब दुई सय ठाउँमा बागी उम्मेदवारी रहेकामा अहिले सो सङ्ख्या १० मा झरेको छ ।
रोल्पा प्रदेशसभा–२ मा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीका उहाँले भन्नुभयो, “गठबन्धनको मर्म बुझेर उहाँ पछि हट्ने विषयमा सकारात्मक हुनुहुन्छ ।” पत्रकार सम्मेलनमा बामलोकतान्त्रिक गठबन्धनको बैकठले गरेका निर्णय पनि सार्वजनिक गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच