यस्तो छ रञ्जु दर्शनाको घोषणापत्र (पूर्णपाठ)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग हुनुभएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणपत्रमा उहाँले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गर्नुभएको छ। आफूले चुनाव जितेमा संसद्‌का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाउनु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उहाँको घोषणापत्रमा उल्लेख छ ।

उहाँले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदीप पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्नुहुने छ । अघिल्लो स्थानीय तह निर्वाचनमा उहाँले विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरको निर्वाचनमा राम्रै मत ल्याउनु भएको थियो । तर, गएको स्थानीय निर्वाचनमा उहाँले कांग्रेस उम्मेदवार सृजना सिंहको पक्षमा मत मागेको उहाँमाथि आरोप छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?