एल साल्भाडोर प्रहरीद्वारा ५५ हजार संदिग्ध गिरोह पक्राउ

Read Time = 2 mins

सान साल्भाडोर । राष्ट्रपति नायब बुकेले सात महिनाअघि आपराधिक समूहहरूविरुद्ध ‘युद्ध’ घोषणा गरेदेखि हालसम्म ५५ हजारभन्दा बढी कथित गिरोहका सदस्यलाई पक्राउ गरेको तथ्य बाहिरिएको छ । सरकारले वारेन्ट विनै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपत्कालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५ हजारभन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताउनुभएको छ । कुल ६५ लाख जनसंख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ ।

‘हामीले (संगठित अपराधविरुद्ध) युद्ध जित्दैछौं र यी आतंककारीलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,’ भिल्लाटोरोले उल्लेख गर्नुभएको छ । प्रहरी र सैन्य बलहरूले एक हजार ६४४ थान बन्दुक, दुई हजार २६ सवारीसाधन, १२ हजार ८४२ सेल फोन र १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ ।

कैदीहरूको बढ्दो संख्यालाई लक्षित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा ४० हजार अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन् । उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?