काठमाडौं । कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । तामाङ गीतसंगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार तामाङको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।
जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । काठमाडौं शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिनुभएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायत गीत लोकप्रिय छन् ।
अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत, संगीतको संरक्षण र संवद्र्धनमा निरन्तर लाग्नुभएकी उहाँको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार संघ र तामाङ चलचित्र संघ नेपालले शोक वक्तव्य निकालेर श्रद्धाञ्जलि अर्पण गरेको छ । उहाँको बौद्ध परम्परा अनुसार शुक्रबारै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका