शिव कैलाश कला मन्दिरद्वारा सम्मान अर्पण

Read Time = 2 mins

काठमाडौं । शिव कैलाश कला मन्दिरले युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजिएसए) संस्थालाई सम्मान गरेको छ । मन्दिरले शनिबार काठमाडौंंमा एक विशेष समारोहबीच सम्मान गरेको हो । होटल सम्पदमा गरिएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगर पालिकाका उपमेयर मुरारी तामाङ रहनुभएको थियो । कार्यक्रममा युजिएसएका अध्यक्ष प्रदीप गुरुङ, उपाध्यक्ष एनी गुरुङले सम्मान ग्रहण गर्दै संस्थाका बारेमा आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रमुख अतिथि तामाङले शिव कैलाश कला मन्दिरले कला संस्कृतिको संरक्षण सम्बद्र्धनमा गरेका कार्यको प्रशंसा गर्दै हाम्रो आफ्नो पहिचान भनेको नै हाम्रो भाषा, साहित्य, कला र संस्कृति रहेको बताउनुभयो । उहाँले यसका लागि आफूले सग्दो सहयोग पुर्‍याउनुने प्रतिबद्धता जाहेर गर्नुभयो ।

समारोहका सभापति शिव कैलाश कला मन्दिरका निर्देशक नारायण रिजालले सस्थाको बारेमा जानकारी भनाइ राख्दै सम्मानित संस्थालाई बधाई दिनुभएको थियो । युजिएसएले गुरुङ समुदायको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा विभिन्न काम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?