काठमाडौं । ग्राहकको निक्षेप हिनामिना गरेको आरोपपछि माछापुच्छ्रे बैंकले रूपन्देहीका आफ्ना दुई ग्राहक सेवा केन्द्र बन्द गरेको छ । बैंकले एक सूचना जारी गर्दै जिल्लाको सम्मरीमाई गाउँपालिका-५ रोहिनीहवामा र लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुजहानाका शाखारहित ग्राहक सेवा केन्द्र बन्द गरेको जनाएको छ । बैंकले ग्राहक सेवा केन्द्रका प्रतिनिधिहरू निरञ्जन पाठक र सिकेन्दर ठाकुरबाट काममा कैफियत भएकाले सेवा केन्द्र बन्द गरिएको जनाएको छ । दुईजनाविरुद्ध बैंकले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरीसमेत दिइसकेको छ ।
सेवाग्राहीलाई बैंकमा रकम जम्मा गरेको भौचर दिई खातामा रकम नै जम्मा नगरेको पाइएपछि सेवाग्राही आन्दोलनमा उत्रिएका छन् । विभिन्न व्यक्तिबाट बुझिलिएको रकम रियल टाइममा जम्मा हुने र सिष्टममार्फत् भौचर प्रिन्ट भई निक्षेपकर्तालाई त्यही भौचर दिनुपर्नेमा बैंकका सेवा केन्द्रका प्रतिनिधिहरूले हस्तलिखित भौचर दिने गरेका थिए । बैंकको अनलाइन सिष्टममार्फत् रकम जम्मा नगरी आफैं राख्ने गरेको गुनासोपछि निरीक्षण गरिएको माछापुच्छ्रे बैंकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका