उजयको पौभा पुस्तक विमोचन

Read Time = 2 mins

ललितपुर । वरिष्ठ पौभा कलाकार उजय बज्राचार्यको अक्षेश्वर महाविहारमा एक कार्यक्रमबीच पौभा पुस्तक विमोचन भएको छ । ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पुस्तक विमोचन गर्र्दै हस्तकला नगरी ललितपुरको पौभाकलाबारे पुस्तकमा उल्लेख गरिएको बताउनुभयो । हस्तकलाले देशमा विद्यमान आर्थिक संकटबाट माथि उकास्न टेवा दिने तथा स्वरोजगारमा पनि मद्दत गरिरहेको उहाँको भनाइ थियो ।

प्रकाशक उजय बज्राचार्यले पुस्तकबारे प्रकाश पार्दै करिब २५ वर्षको अनुभव तथा १० वर्षको अथक प्रयासपछि पुस्तक निकाल्न सफल भएको भन्दै पुस्तक प्रकाशित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पुस्तकले पौभाकलाबारे जानकारी दिने तथा नयाँ पुस्तालाई पौभाकला सिक्न धेरै सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष डिल्लीरत्न तुलाधर, उपाध्यक्ष नवीन शाक्य, ललितपुर महानगरपालिका १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल, बौद्ध कला इतिहास विज्ञ सञ्जय शाक्य, वरिष्ठ कलाकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन ललितपुरस्थित अक्षेश्वर महाविहारले गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?