रुसी सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । रुसी सैन्य तालिम केन्द्रमा शनिबार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो ।

सैन्य तालिमको क्रममा युक्रेनमा लड्न स्वयम्सेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले जनाएको छ।

आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले बताएको छ । युक्रेनसँग सीमा जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा उनीहरूको गोली हानी हत्या गरिएको थियो । घटनामा थप १५ जना घाइते भएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?