इरिना महर्जन बनिन् किड क्विन विजेता

Read Time = 4 mins

काठमाडौं । रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षीया इरिना महर्जनले किड क्विन नेपाल २०२२ को उपाधि जितेकी छन् । राजधानीमा शनिबार साँझ सम्पन्न प्रतिभामूलक प्रतियोगितामा महर्जन २५ प्रतिस्पर्धीलाई पछाडि पार्दै विजेता बनेकी हुन् ।

नौदेखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले स्पर्धा गरेको १८औं संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्न सफल भएकी छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न किड क्विन नेपालमा खोप्रिङ इंग्लिस एकेडेमीकी कक्षा ७ मा अध्ययनरत भक्तपुरको सूर्यबिनायककी इप्सा प्रजापति फस्ट र जनज्योति सकेन्डरी इग्लिस स्कुलको कक्षा ५ मा अध्ययनरत कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप भएका छन् । विजेताहरूले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढाइएको प्रतियोगितामा सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ती रेग्मी मिस ट्यालेन्ट फस्ट रनर्सअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवक, प्रार्थना बज्राचार्य मिस क्युट, तृप्ति बैद्य सोसियल वेलफर एम्बेसडर, श्रीषा श्रेष्ठ सोसियल वेलफर एम्बेसडर फस्ट रनर्सअप, कृस्पी पौडेल सोसियल वेलफर एम्बेसडर सेकेन्ड रनर्सअप र मिस चार्मिङ, पलिस्था कुटुव बेस्ट ड्रेस, सुबारिया श्रेष्ठ मिस कल्चर, गृष्मा राजचल मिस पर्सनालिटी, आस्था थापा मगर बेस्ट हेयर, सकिरा तामाङ बेस्ट स्कीन, सफलता प्रधानांग बेस्ट स्माइल, परी मगर मिस इलीजेन्ट, ममता श्रेष्ठ र ज्योति खत्री मिस डिसिप्लेन, ट्रेक्षी चित्रकार मिस इनोसेन्ट तथा नीर्जला कौसिला र नसिका ठकुरी मिस फ्रेन्डसीप उपउपाधि विजेता भएका छन् ।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा काठमाडौं महानगरपालिकाकी उपमेयर एवं पूर्व मिस नेवाः सुनीता डंगोलको प्रमूख आतिथ्यता, समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोल, मिस नेवाः ११४२ सलिना महर्जन, मिस नेवाः ११३९ फस्ट रनर्सअप संगीता महर्जन र मिस नेवाः ११४२ फस्ट रनर्सअप सविना बज्राचार्यको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकमका ब्यबस्थापक सरोज शाक्य प्रमूख निर्णायक थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?