शेयर बजारमा आइतबार पुनः गिरावट

Read Time = 1 min

काठमाडौं । शेयर बजारमा आइतबार पुनः गिरावट आएको छ । यसअघिका दुई कारोबार दिनमा सुधारोन्मुख देखिएको नेप्से सूचक आइतबार पुनः ९.६९ अंकले घटेको हो । यद्यपि १७ अंकभन्दा बढीले घटिसकेको नेप्सेले अन्तिम प्रहरमा भने केही रिकभर गरेको हो ।

अन्तिम १० मिनेटमा बजार बाउन्स ब्याक हुँदै आइतबार नेप्से सूचक १८६०.९४ विन्दुमा बन्द भएको छ । यस दिन ८० करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

आइतबार २२१ कम्पनीको २५ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैंकिङ र उत्पादनमूलक समूहको सूचकमा सुधार भएकोे छ भने बाँकी सबै समूहका सूचक घटेका छन् । आठ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एभरेष्ट बैंक अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गरिमा विकास बैंक र हिमालयन डिस्टिलरी परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?