वसन्तराज अज्ञातको ‘साँझको जून’ प्रकाशित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार वसन्तराज अज्ञातको ‘साँझको जून’ नामक हाइकुसंग्रह प्रकाशित भएको छ । यसअघि ‘सपना सजाएर आँखाभरि’ र ‘मखमली दरबार’ नामक दुईवटा गीतसंग्र्रह पाठकमाझ ल्याउनुभएका अज्ञातको तेस्रो कृतिका रूपमा हाइकुसंग्र्रह आएको हो ।

दोबेला, खोटाङमा माता मैथकु श्रेष्ठ र पिता लालबहादुर श्रेष्ठका पुत्ररत्नका रूपमा जन्मिनुभएका अज्ञातका संयुक्तरूपमा पनि केही कृति आएका छन् । उहाँका थुप्रै गीतसंगीतबद्ध भई रेकर्ड भएका छन् ।

उहाँले सयौँ पुस्तक तथा पत्रपत्रिकाहरूको आवरण सिर्जना गर्नुभएको छ भने चित्रमा कविता (कविता-चित्रसंग्रह) स्मृति-बिम्ब (नियात्रासंग्रह), अनिमेष पाइलाहरू (साहित्यिक संकलन), मेरो खुशी मेरो चाह (गीतिसंग्रह), गुपचुप गुपचुप (गजलसंग्रह) लगायत कृति सम्पादन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?