रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ नामक कृति पाठकमाझ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्रष्टा रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन/चिन्तनमा आधारित अनुसन्धानमूलक कृति पाठकमाझ ल्याउनुभएको छ । आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गर्नुभएको छ । पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय छन् ।

‘युद्ध सौन्दर्य चिन्तन’मा वरिष्ठ साहित्य साधक, चिन्तक तथा समालोचक प्रा.डा.गोविन्दराज भट्टराईको विशिष्ट र महत्वपूर्ण भूमिका छ । ६५६ पृष्ठको पुस्तकको मूल्य एक हजार राखिएको छ । पुस्तक गोर्खा बुक्सले छापेको हो ।

ब्रिटिश गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि ‘देश दुखेको छ’, ‘सालिक उभिएर गोर्खाली’, ‘पोयट इन किलिङ जोन’ (अंग्रेजी) कवितासंग्र्रह’, ‘शहीदकी आमाको लाश’, ‘बालुवामा अर्को नेपाल’ र ‘पल्टनेको फोटो’ कथासंग्र्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँग सहलेखनमा ‘नवचेतनाग्रह’ र ‘डायास्पोरा सिद्धान्तः रचना र समालोचना’ नामक ग्रन्थ प्रकाशित छन् । ब्रिटिश गोर्खा सैन्य सेवाबाट सेवा निवृत्त खोटाङका राईले बेलायतको वेल्सलाई कर्मथलो बनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?