नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औं संस्करण हुँदै

Read Time = 4 mins

काठमाडौं । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औं संस्करण हुने भएको छ । आउँदो कात्तिक ११ देखि १५ गतेसम्म नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौंबाहिर पनि आयोजना हुने लागेको जनाएको हो ।

महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रर्दशन हुने आयोजकले जनाएको छ । प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रूपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ । सुर्खेतमा हुने महोत्सव कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिनेछ । सुर्खेतमा पाँच युरोपियन तथा तीन नेपाली चलचित्र प्रदर्शित गरिने जनाइएको छ ।

‘दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरूलाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई समृद्ध बनाउन सिनेमा प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले पत्रकार सम्मेलनमा भन्नुभयो ।

१३ युरोपियन चलचित्रमध्ये रीता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी.रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ मा नेपाली सब्टाइटल हुनेछन् । महोत्सवमा हालै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्रहरू हुन् ।

महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुनुहुन्छ । केकी अधिकारीले कार्यक्रममा बोल्दै युरोपेली चलचित्रको प्रदर्शनले सिनेमा साक्षरतामा अभिवृद्धि गर्ने र नेपाल र युरोपबीच सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापको पनि आयोजना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?