आज विश्व बसोबास दिवस

Read Time = 2 mins

काठमाडौं । समावेशी शहरबस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ विश्व बसोबास दिवस मनाइने भएको हो । सन् २००१ देखि हरेक वर्षको अक्टोबरको पहिलो शनिबार मनाइँदै आएको दिवस यस वर्ष दशैँ बिदा परेकाले असोज ३१ गते आयोजना गर्न लागिएको आयोजक शहरी विकास मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमको प्रतिवेदनअनुसार विकसित देशमा ७९ प्रतिशत नागरिक शहरी क्षेत्रमा बसोबास गर्छन् । उक्त संख्या सन् २०५० सम्म ८७ प्रतिशत पुग्ने बताइएको छ ।

हाल नागरिकलाई सुरक्षित आवासका लागि जनता आवास कार्यक्रम र सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको शहरी विकास मन्त्रालयका सहसचिव तथा विश्व बसोबास दिवस २०७९ मूल तयारी समितिका संयोजक ई. रामचन्द्र दंगालले बताउनुभयो । दिवसका क्रममा विभिन्न कार्यशाला गोष्ठी, दिगो शहरीकरणको विषयमा विज्ञसँग छलफल गरिने बताइएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको ६६.०८ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा रहेको छ, जुन २०६८ सालको जनगणनाको तथ्यांकभन्दा करिब तीन प्रतिशतले बढी हो । २०६८ सालको जनगणनाअनुसार शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?