मुक्तिनाथ कृषि कम्पनीले पुँजी बढाउने

Read Time = 2 mins

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले पुँजी वृद्धि गर्ने भएको छ । कम्पनीको हालै चौथो वार्षिक साधारणसभाले कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्‍याउने प्रस्ताव पारित गरेको छ । कम्पनीले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेर पुँजी बढाउने प्रस्ताव पारित गरेको हो । कम्पनीले चार करोड रुपैयाँ बराबरका चार लाख कित्ता सेयर बिक्रीका लागि गत फागुन २० गते धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन गरिसकेको छ ।

कम्पनीले चौथो स्थापना दिवसका अवसरमा कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक पब्लिक कम्पनीको औपचारिक सुरुवात गरेको थियो । कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लामा विभिन्न व्यावसायिक साझेदाको माध्यमबाट वस्तु तथा सेवा प्रवाह गरेकोमा पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालय सञ्चालनमा रहेको र यस वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापनाको तयारी रहेको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?