नेपाल लाइफको नयाँ मोबाइल एप

Read Time = 2 mins

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मोबाइल एप्लिकेसन डाउनलोड गरी उक्त एप सार्वजनिक गर्नुभएको हो ।

परिस्कृत र नयाँ सुविधासहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । एप्लिकेसनमा एकैजनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिनेछ । साथै एपमा अन्य सुविधाका रूपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेका जानकारीमूलक तथा मनोरञ्जनात्मक श्रव्यदृश्य सामग्री पनि पढ्न तथा हेर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनुभएको छ ।

कम्पनीका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले एपलाई ग्राहक तथा अभिकर्ताको आवश्यकताअनुरूप क्रमशः थप परिष्कृत तथा विकसित गर्दै लैजान कम्पनी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?