आजदेखि टिभिएस एक्सचेन्ज मेला

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबारदेखि काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स नामक मेला असोज ३१ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहार पाउनेछन् । मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुईपांग्र्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा सात हजार रुपैयाँ बढी मूल्य पाउनुका साथै नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुटसमेत पाउने कम्पनीले जनाएको छ ।

योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउन पेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँको मासिक इउमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । साथै ग्राहकले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?