हिटलरको कुखुरा जस्ता मतदाता

Read Time = 17 mins

✍️ मणि शर्मा

हिटलरले ज्यूँदै कुखुराको भाले च्यापेर एक दिन जर्मन संसद्मा प्रवेश गरी कुखुराको भालेलाई भुत्ल्याउन थाल्छन् । एक एक गरी उनले कुखुरालाई भुत्ल्याई सक्छन् । भाले पीडाले कराउँछ, भुत्ल्याइ सकेपछि उसले भालेलाई भूँइमा छोडी दिन्छन् । एकछिन पछि हिटलरले मकैकोे दाना भूँइमा छर्दै कुखरालाई बोलाउन थाले । कुखुरा दानाको आशमा हिटलरको पछि-पछि हिँड्न थाल्यो, आफ्नो सारा पीडा बिर्सेर । आफूलाई खुइलाएर नांगेझार पार्ने हिटलरको कालो कर्तुतलाई कुखुराले बिस्र्यो । यसपछि हिटलरले सभामुखलाई सम्बोधन गर्दै यो दृष्टान्त दिँदै भन्यो (नेतामुखी व्यवस्थामा नेता र जनताबीच यस्तै सम्बन्ध हुन्छ । जनता तथा देशलाई नांगो बनाउँदा पनि जनता नेताको पछाडि लाग्न छोड्दैनन् ।

हिटलरले जस्तै अरू बेला कुखुरा भुत्ल्याएको भुत्ल्याए झैं जनतालाई भुत्ल्याए पनि चुनाव आउँदा जनतालाई दाना छरी दिएपछि तिनै नेताहरूको पछाडि लागेर उनीहरूलाई नै जिताउँछन् । अनि पाँच वर्षसम्म थाप्लोमा हात राख्दै नेताहरूलाई सराप्छन् । देशप्रति गद्दारी गर्ने तथा जनतालाई भुत्ल्याएको भुत्ल्याई गर्ने नेताहरूले चुनावको बेला छरेको दाना खान पछि-पछि लाग्ने जनता रहेसम्म मुलुकको अवस्था दिन प्रतिदिन दयनीय हुँदै जान्छ । चुनावको बेला राष्ट्रियता, रोजगारी, कृषि क्रान्ति, भ्रष्टाचारीहरूलाई कारबाही गर्छु भन्ने प्रायः सबै दल हुन्छन् । तर यथार्थमा अहिलेसम्म यिनीहरूले देशमा रोजगारीको व्यवस्था न गरेर खाडी मुलुक र मलेसियामा श्रमदासको रूपमा आफ्ना नागरिकको बिक्री गर्छन्, कृषि क्रान्ति गर्छु भन्नेहरूले किसानलाई अहिलेसम्म समयमा मल उपलब्ध गराउन सकेका छैनन्, राष्ट्रियताको कुरा गर्नेहरूले सत्तामा गएपछि राष्ट्रघातबाहेक जानेका छैनन् ।

अहिले सिद्धान्तहीन राजनीति गर्ने कांग्रेसले तिनै माओवादीसँग टाउको जोडेर कांग्रेसलाई समाप्त पार्दै छ । कांग्रेसको प्रजातान्त्रिक समाजवाद माओवादीको चरणकमलमा समर्पित भएको छ भने एमालेको बहुदलीय जनवाद कमल थापा र उपेन्द्र महतोको अवसरवादसँग आत्म समर्र्पण गरेको छ । सबै दलहरूलाई राष्ट्रभन्दा सत्ता प्यारो भएको छ ।

अब त यी मुद्दा पनि सकिन लागेर हो कि प्रधानमंत्री पत्नीले देउवालाई जिताए चार (पाँच सय जनालाई विदेशमा कामदारको रूपमा सित्तैमा पठाई दिने र जिल्लावासीलाई बालुवाटारको ढोका खुल जा सिमसिम झैं चौबीसे घण्टा खुला रहने भनेकी छन् । युवाहरूलाई स्वदेशमै औद्योगिक क्रान्ति गरेर रोजगार दिने प्रतिबद्धता व्यक्त गर्ने कि विदेशीको श्रमदास बनाउने ? प्रधानमंत्री पत्नीको बोलीले युवाहरूको ठूलो अपमान गरेको छ । बालुवाटारको ढोका खुल जा सिमसिम भएर जनताले के पाउँछन् ? के काठमाण्डू जाँदा देउवा र आरजुको दर्शन गरेर जनताको समस्या समाधान हुन्छ ? राजा महेन्द्रले स्थापना गरेका साना ठूला गरी करिब अढाई सय जति उद्योग, कल कारखाना नेपाली कांग्रेसले कौडीको भाउमा बेचेकै हो ।

गिरिजाप्रसाद कोइरालाको एउटा चर्चित शब्द छ ग्राण्याड डिजाइन । युवाहरूलाई श्रमदास बनाएर विदेश पठाउने, नेपालको कृषि क्षेत्रलाई समाप्त पार्ने, बाँकीलाई दलको दास बनाई राज गर्ने ग्राण्याड डिजाइनअन्तर्गत उद्योग र कलकारखाना कतै बेचिएका त होइन ? समयले यही नै पुष्टि गरेको छ । माओवादीको कथित सशस्त्र युद्ध विदेशीको निर्देशनमा नेपाललाई ख्रिष्टानीकरण गर्ने, लुटतन्त्रलाई संस्थागत गर्ने, जाति, भाषा, क्षेत्रको आधारमा नेपाललाई विभाजन गर्ने उद्देश्यले भएको थियो । सत्तामा गएपछि ठूला नेताहरूले राष्ट्रलाई लुट्न कुनै कसर छोडेका छैनन् । स्थानीयस्तरमा माओवादी साना नेताहरूले श्रमिक वर्गलाई समेत लुट्न छोडेका छैनन् । स्थानीय चुनाव ताकाको कुरा हो । मेरो घरको छेउमा एकजना मानिसले होटल भाडामा लिएर चलाइरहेको थिए ।

स्थानीय चुनाव ताका एक महिना जति माओवादी नेता तथा कार्यकर्ताको खाने पिउने स्थल त्यही होटल थियो । चुनाव सकिएपछि उनीहरूले महिना दिन खाएको पैसा न तिरेर अन्तरध्यान भए । होटलवालाले पैसा पाएनन् । खाए पिएको डेढ लाख रुपैयाँ लिनुपर्ने थियो तर माओवादीले तिरेनन् । सानो पुँजीको होटल मालिक आफू टाट पल्टिएपछि होटल छोडेर परिवार लिई अन्तै गए । यो एउटा दृष्टान्तमात्रै हो ।

यस्ता दृष्टान्त प्रत्येक ठाउँहरूमा छ । माओवादीलाई सापट दिएको पैसा कसैले फिर्ता पाउँदैनन् । उदारवादी प्रजातान्त्रिक दल भनिने नेपाली कांग्रेसको गठबन्धन यस्तै लुटेरा प्रवृत्तिसँग हुनुभनेको कांग्रेस पनि माओवादीको सिद्धान्तमा हिँड्नु हो । कथित सशस्त्र युद्ध कालमा सबैभन्दा बढी हत्या माओवादीले कांग्रेसीहरूकै गरेका हुन् ।

उनीहरूकै धन सम्पत्ति लुटेका हुन् । अंगभंग पनि सबैभन्दा बढी कांग्रेसीहरूकै गरेका हुन् । लाखौंको संख्यामा उनीहरू घरबारविहीन भएर बसे । देउवाले पुष्पकमल लगायत माओवादी नेताहरूको टाउकाको मोल तोके । अहिले सिद्धान्तहीन राजनीति गर्ने कांग्रेसले तिनै माओवादीसँग टाउको जोडेर कांग्रेसलाई समाप्त पार्दै छ । कांगे्रसको प्रजातान्त्रिक समाजवाद माओवादीको चरणकमलमा समर्पित भएको छ भने एमालेको बहुदलीय जनवाद कमल थापा र उपेन्द्र महतोको अवसरवादसँग आत्म समर्र्पण गरेको छ । सबै दलहरूलाई राष्ट्रभन्दा सत्ता प्यारो भएको छ । अहिले दुई ध्रुवीय चुनावी गठबन्धन हेर्ने हो भने एउटा ध्रुव नेपाली कांग्रेसको छ जो माओवादी नामको कम्युनिष्टपार्टीको वरिपरि परिक्रमा गरिरहेको छ र अर्को धु्रुव एमालेको वरिपरि परिक्रमा गरिरहेको छ । कम्युनिष्टहरूले आफूलाई अन्तर्राष्ट्रियवादी भन्छन् र यी दुई ध्रुवमा संलग्नहरू पनि स्वतः अन्तर्राष्ट्रवादी भए ।

राष्ट्र र राष्ट्रियतासँग उनीहरूलाई मतलब छैन । झन् नेपालको परराष्ट्र नीति कुनै विशेष शक्तिहरूको परिक्रमा मात्र गरिरहेको छ । ती शक्तिले जे आदेश दिन्छन्, त्यही नै नेपालको परराष्ट्र नीति बन्छ । सत्तामा नेपाली अनुहार हुन्छन् तर सत्ता सञ्चालन विदेशी शक्तिको हातमा छ । नेपालका अन्तर्राष्ट्रियवादीहरूको यो चरित्र हो । पृथ्वीको दुईवटा गति हुन्छ । एउटा ऊ आफ्नो धुरीमा चारैतिर घुम्छ, जो मानिसको राष्ट्रिय भावनाको द्योतक हो । दोस्रो, पृथ्वी सूर्यको चारैतिर घुम्छ, यो मानिसको अन्तर्राष्ट्रिय भावनाको द्योतक हो । जुन दिन पृथ्वी आफ्नो धुरीमा घुम्न बन्द गर्नेछ, त्यो दिन उसको सूर्यको चारैतिर घुम्ने प्रक्रिया पनि बन्द हुनेछ । जुन मानिसले आफ्नो राष्ट्रियतालाई तिलाञ्जलि दिन्छ, त्यो दिन उसको अन्तर्राष्ट्रियता अर्थहीन हुन्छ ।

जनताले त्यस्ता व्यक्ति, नेता तथा दलहरूसँग सतर्क रहनुपर्छ जसले राष्ट्रियतालाई तिलाञ्जलि दिएर विदेशी शक्तिकेन्द्रको सेवा र तरफदारीमा आफूलाई समर्पण गर्छ । तर हामी यही संविधानअन्तर्गतको सनातन धर्मविरोधी गणतन्त्रवादीहरूलाई सत्तामा पुराउँछौं । नेपालको मौलिकता फर्काउने दललाई उपेक्षा गर्दै विपरीत सोचका दलहरूलाई मतदान गर्ने हामी मतदाता आफ्नो धर्मको अन्त्य गर्न लागि परेका छौं । एक पटक नारदजी आफ्नो पिता ब्रहृमा कहाँ नारायण-नारायण भन्दै पुगेछन् । उनले पिताजीलाई दण्डवत प्रणाम गरे ।

ब्रहृमाजीले नारदको अनुहार परीक्षण गर्दै सोधे, नारद एक आज किन आयौं, कुनै विशेष प्रयोजनले हो कि ? तिम्रो अनुहारको भावले केही भनी रहेको छ । केही समस्या छ कि ? नारदले पिताको प्रश्नको उत्तर दिँदै भने (पिताश्री एक कुनै विशेष प्रयोजनले त होइन ।

केही दिनदेखि मेरो मनमा एउटा प्रश्न उब्जी रहेको छ, हजुरबाट यसको उत्तर पाउने आशामा आएको हूँ । ब्रहृमाजीले भने (त्यसो भए बिलम्ब किन ? मनको शंकाहरूको समाधान शीघ्रताले गर्नु उचित हुन्छ, त्यसैले निःसंकोच तिम्रो प्रश्न सोध । नारदले भने (पिताश्री हजुर सम्पूर्ण सृष्टिको परमपिता हुनु हुन्छ । देवता र दानव तपाईकै सन्तान हुन् । भक्ति र ज्ञानमा देवताहरू श्रेष्ठ छन् भने शक्ति र तपस्यामा दानवहरू श्रेष्ठ छन् । म यही समस्यामा रनभूल्लमा परेको छु कि यी दुवैमा को सर्वश्रेष्ठ हुन् ? हजुरले देवतालाई स्वर्गलोक र दानवलाई पाताल लोक किन दिनुभयो ? यिनै प्रश्नहरूको उत्तर पाउन म हजुर समक्ष आएको छु ? नारदको प्रश्न सुनेर ब्रहृमाले भने, नारद एक यो प्रश्नको उत्तर कठिन छ, यसको उत्तर म दिन सक्दिन । आफ्नै दुई पुत्रहरूको तुलना आफ्नै मुखले गर्न उचित हुँदैन । तर पनि तिम्रो प्रश्नको उत्तर खोज्न म सहयोग गर्न सक्छु । तिमी आजै गएर देव र दानवलाई मेरोतर्फबाट भोजनको निमन्त्रणा दिएर आऊ । भोलि नै हामीले उनीहरूका लागि भोजको आयोजना गर्नेछौं र भोलि नै तिमीले आफ्नो प्रश्नको उत्तर पाउने छौं ।

भक्ति र ज्ञानमा देवताहरू श्रेष्ठ छन् भने शक्ति र तपस्यामा दानवहरू श्रेष्ठ छन् । म यही समस्यामा रनभूल्लमा परेको छु कि यी दुवैमा को सर्वश्रेष्ठ हुन् ? हजुरले देवतालाई स्वर्गलोक र दानवलाई पाताल लोक किन दिनुभयो ? यिनै प्रश्नहरूको उत्तर पाउन म हजुर समक्ष आएको छु ?

नारद निम्ता दिन हिँडे । दोस्रो दिन दानवहरू पहिल्यै भोजको आनन्द लिन ब्रहृमाजी कहाँ पुगे । उनीहरू पहिला पुगेकाले ब्रहृमाले सबैभन्दा पहिला उनीहरूलाई नै भोजनको सुरुवात गर्न भने । भोजन पस्कियो । दानवहरू भोजन गर्न बसे । उनीहरूले भोजन सुरु गर्नै लागेका थिए कि ब्रहृमाजी दाउराको भारी लिएर त्यहाँ आई पुगे र भने ( आजको भोजनको एउटा सानो शर्त छ, म यहाँ उपस्थित प्रत्येक अतिथिहरूलाई हातमा दाउराले यसरी बाँध्ने छु कि कुईनो मोड्न नसकियोस् र यसै स्थितिमा सबैले भोजन गर्नुपर्ने छ । केही समयमै असुरहरूको हातमा दाउरा बाँधियो । त्यसपछि असुरहरूले खान सुरु गरे तर खान सकेनन् । यस्तो स्थितिमा खान असम्भव थियो । थालमा मुख लगेर खाने प्रयास गरे तर सकेनन् । कतिपय असुरहरूले भोजनलाई हावामा उछालेर खान प्र्रयत्न गरे तर सकेनन् । नारद यो देखेर आफ्नो हाँसोलाई रोक्न सकी रहेका थिएनन् । आफ्ना्े सबै प्रयास असफल भएपछि दानवहरू क्रोधित हुँदै भोजन छोडेर उठ्दै भने, हाम्रो यस्तो दशा गर्नु नै थियो भने भोजनका लागि किन बोलाएको ? केही समयपछि देवहरू पनि यहाँ आउनेवाला छन् । तिनीहरूको हात पनि यसरि नै बाँध्नु होला, हामी पनि रमिता हेर्नेछौं । केही समयपछि देवताहरू पनि त्यहाँ पुगे र केही समयपश्चात् भोजन गर्न बसे र भोजनको मन्त्र जप गरे । ब्रहृमाजीले उनीहरूलाई पनि आफ्नो शर्त सुनाउँदै दाउराले उनीहरूको पनि हात बाँधे । हातमा दाउरा बाँधेपछि देवताहरूले शान्त भएर बुझे, स्वयं आफैं भोजन गर्न असम्भव छ ।

त्यसपछि उनीहरू अलिकति अगाडि सरे र थालबाट अन्नलिएर अगाडिकोलाई ख्वाउँदै भोजनको सुरुवात गरे । यसरी सबै देवगणले एकअर्कालाई ख्वाउँदै खाँदै भोजनको आनन्द लिए । एक अर्काप्रति स्नेह व्यक्त गर्दै सम्मान प्रकट गरे । आफूहरूले यो युक्ति किन अपनाउन सकेनन् भनेर दानवहरू निकै दुःखी भए । नारद यो देखेर मुस्कुराई रहेका थिए । नारदले ब्रहृमालाई भने, पिताश्री हजुरको लीला अपरम्पार छ । युक्ति, शक्ति र सामथ्र्यको उपयोग स्वार्थ हितमा गर्नुभन्दा परमार्थ हितमा गर्नु जीवनमा श्रेष्ठ हुन्छ । अरूको भलो गर्नुमा आफ्नो भलो हुन्छ सप्रमाण हजुरले देखाई दिनुभयो । आफू र आफ्ना परिवारको हितमा काम गर्ने हन्तकाली दानवराजको अन्त्य गरी उनीहरूलाई पाताल लोक पुराउन र देवराजको पुनःस्थापना गर्न चुनावभन्दा माथि उठी सबै एकजुट हौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?