टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

किशन अर्याल
Read Time = 2 mins
A A- A+

मुम्बई । अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन-इण्डिया फिल्म छ ।

यो फिल्ममा टाइगरभन्दा ठूला स्टारसँग उनले काम गर्ने मौका पाएकी छन् । निर्देशक नाग अश्विनको महत्वाकांक्षी प्रोजेक्टमा उनले अमिताभ बच्चन र प्रभास जस्ता स्टारसँग काम गर्ने अवसर पाएकी छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मका लागि प्रभाषको केही दृश्य सुट गरिसकिएको छ ।

त्यस्तै अर्को साइन्स थ्रिलर फिल्ममा पनि दिशा देखिँदैछिन् । नाग अश्विनको यो दुई भाषा हिन्दी र तेलुगुमा बन्ने फिल्ममा दुलकीर सलमान र महेश बाबुको अभिनय रहनेछ । साउथको ठूलो प्रोडक्सन हाउस वैजयन्ती मुभिजले निर्माण गर्ने यो फिल्म अन्य क्षेत्रीय भाषामा पनि डब हुँदैछ । एजेन्सी

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?